राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिबाट हुन्छ : मन्त्री किराती

45

मोरङ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रपति निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट अगाडि बढ्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपति निर्वाचनमा दलगत नभएर राष्ट्रिय सहमतिको व्यक्तिको आधारमा सहमति कायम हुने प्रष्ट पारे ।

मन्त्री किरातीले भने, “संविधानको भावनाअनुसार जुन व्यक्तिको नाममा राष्ट्रिय सहमति हुन्छ उहाँ आगामी राष्ट्रपति हुनुहुनेछ ।”

उनले राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रतिक भएको हुँदा सहमति आवश्यक रहेको धारणा राखे ।

“देशमा काम केही भएको छैन भन्दै रचनात्मक काम गर्दा खेरी काम देखिन्छ र त्यसका आधारमा आफूलाई ‘स्ट्रोङ’ भनिदो रहेछ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...