गोकुल बास्कोटाको कटाक्ष– प्रधानमन्त्रीले बिदा बढी भयो भनेको त पूर्व देखाएर पश्चिम हान्न रैछ !

69

काठमाडाैँ, १ फागुन । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘जनयुद्ध दिवस’को दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘मौकामा हिरा फोडेको’ भन्दै टिप्पणी गरेका छन् ।

जनयुद्ध दिवसमा दिएको बिदाको चौतर्फी विरोध भइरहँदा नेता बास्कोटाले प्रधानमन्त्रीले ‘पूर्व देखाएर पश्चिम हानेको’ बताएका छन् ।

ट्विट गर्दै उनले केही समयअघिसम्म बिदा बढी भयो भन्ने प्रधानमन्त्रीले पूर्व देखाएर पश्चिम हान्ने नीति लिएको तर्क गरेका हुन् ।

“अस्तिसम्म बिदा बढी भो भन्थे– प्रधामन्त्री पुष्पकमल दाहाल किन रैछ भनेको त पूर्व देखाएर पश्चिम हान्न रैछ,” बास्कोटाले अघि भने,“तै चुप मै चुप । मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेको त्यसै हैन रैछ पुर्खाले ।”

Share This:
सम्बन्धित खबर
Loading...