शेखर कोइरालको प्रश्न– सरकारले के सन्देश दिन खोजेको ?

38

काठमाडौँ, १ फागुन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएकोप्रति प्रश्न गरेका छन् ।

नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिब बिदा कटौती गरौँ पनि भन्ने तर संविधानले नचिनेको ‘जनयुद्ध दिवस’का नाममा बिदा दिएको भन्दै प्रश्न गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदै छ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?”

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ मनाउन भन्दै सार्वजिन बिदा दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...