राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

34

काठमाडौँ, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा सोमबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो ।

बैठकमा आगामी १० वैशाखमा हुने उपनिर्वाचनबारे छलफल हुने बताइएको छ । त्यस्तै, आजको बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, उच्चस्तरीय राजनीतिक संयन्त्रमा भएको छलफलबारेमा ब्रिफिङ र राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...