राष्ट्र बैंकले भन्यो– आज सार्वजनिक बिदा भए पनि बैंक खोल्नु

31

काठमाडौँ, १ फागुन । नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ ।

सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट ‘जनयुद्ध दिवस’मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गृह मन्त्रालयले बिदाबारे सूचना नै जारी गरेको छ ।

राष्ट्र बैंकले सरकारले जनयुद्ध दिवसका अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...