राष्ट्रिपति एमालेकै उम्मेदवार बन्छ : उपमहासचिव गुरूङ

25

पोखरीया, २९ माघ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले अबको राष्ट्रिपति एमालेको उम्मेदवार नै बन्ने दाबी गरेका छन् ।

वीरगञ्जमा आयोजित प्रेस चौतारी नेपालको संगठन सुदृढीकरण कार्यशालामा उनले राष्ट्रपतिको निर्वाचनपछि सत्ता गठबन्धन टुट्ने हौवा मात्रै भएको बताए । उनले भने, “गत पुसमा एमाले र माअ‍ोवादीबीच भएको सहमतिमा प्रधानमन्त्री र सभामुख आलोपालो हुने तथा राष्ट्रपति एमालेले पाउने सहमति भए अनुरूप नै राष्ट्रपति एमालेकै उम्मेदवार बन्छ । त्यसैले ढुक्क भएर बसे हुन्छ ।”

एमालेले अहिलेको सत्ता गठबन्धनलाई नै टिकाएर देशमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको बाटोमा अगाडि बढाउने उद्देश्य राखेका उल्लेख गर्दै उनले दल बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरामा एमालेलाई स्वकार्य नहुने बताए ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा फर्काउने, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी भइरहेको पनि जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...