सत्ता गठबन्धनभित्रका राजनीतिक व्यक्तित्व नै राष्ट्रपति : जनार्दन शर्मा

76

काठमाडौँ, २७ माघ । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार संसद्को दुवै सदनको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता शर्माले राष्ट्रपति राजनीतिक व्यक्तित्वबाटै बनाउनु पर्ने बताए ।

शर्माले भने, “राजनीतिक व्यक्तित्वबाटै राष्ट्रपति बनाउनुपर्छ । राष्ट्रिय सहमतिको आवश्यकता छ । राष्ट्रिय सहमति एक ढंगले प्रधानमन्त्रीको विश्वासको मतसम्म आइपुग्दा देखिएको कुरा पनि हो । राष्ट्रपतिमा जाँदाखेरी ती प्रयास हुन सक्छन् ।”

Share This:
सम्बन्धित खबर
Loading...