काठमाडौँ, २७ माघ । सरकार सञ्चालनका लागि बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरू भएको छ ।
बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्षसमेत रहेका संयन्त्रका संयोजक केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सत्ता साझेदार दलका शीर्ष नेता बैठकमा सहभागी छन् ।
रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएको, सुदूरपश्चिममा सत्ता गठबन्धन समर्थनमा बनेको एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिका बीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ ।
यसैबीच राष्ट्रपति निर्वाचनका सन्दर्भमा पनि आज छलफल हुन सक्ने देखिएको छ ।