सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

28

काठमाडौँ, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । आजै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि बस्दै छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली छन् । उक्त संयन्त्रमा सत्ता साझेदार ७ दलका शीर्ष नेताहरू छन् ।

Share This:
सम्बन्धित खबर
Loading...