रास्वपालाई सरकारमा ल्याउने प्रयास जारी छ : मन्त्री शर्मा

66

काठमाडौँ, २४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पुनः सरकारमा ल्याउने प्रयास भइरहेको बताएकी छन् ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको उत्तार दिँदै उनले यस्तो बताएकी हुन् । उनले रास्वपाले सरकारलाई दिएको समर्थन फर्ता वलिसकेकाले सरकार संकटमा नरहेको बताइन् ।

उनले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको बताइन् ।

मन्त्री शर्माले भनिन्,“राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेर जानुभएको छ तर सरकारको समर्थन फिर्ता लिनुभएको छैन । त्यसकारणले सरकार संकटमा भन्ने स्थिति देखिँदैन । उहाँहरूले सरकार छोड्नुभयो, उहाँहरूको आफ्नो पार्टीको स्वतन्त्रताको कुरा हो ।”

राजनीतिक संयन्त्रमा यस विषयमा छलफल हुने जानकारी दिँदै मन्त्री शर्माले भनिन्, “त्यो राजनीतिक विषय भएकाले गठबन्धन सञ्चालन संयन्त्रका विषयमा छलफल गरेर राजनीतिक ढंगले नै समाधान गर्नुपर्छ, प्रधानमन्त्रीज्यूले बाहिर सार्वजनिक रूपमा पनि बोल्नुभएको छ कि हामी यो गठबन्धनलाई बचाउनको निम्ति र उहाँहरूलाई पनि फेरि सरकारमा सहभागी गराउनको निम्ति प्रयत्नशील छौँ । त्यसका लागि पहल, प्रयत्न भइरहेको छ । सरकारको समर्थन फिर्ता नलिसकेपछि सरकार संकटमा परेको छैन ।”

Share This:
सम्बन्धित खबर
Loading...