बाजुरामा ५.९ म्याग्निच्युटको भूकम्प

45

बाजुरा, १० माघ । आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रबिन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ ।

अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठुलो झट्का महसुस गरिएको थियो ।

सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको ५.९ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए ।

भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।

Share This:
सम्बन्धित खबर
Loading...