झापा, १० माघ । झापाको चिया बगानमा युवक–युवती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका–४ केचनामा रहेको एभरेस्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।
अन्दाजी २५ वर्षका युवक र १८ वर्षकी युवती दुवै जना झुन्डिएको अवस्थामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । घटनाबारे विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।