दोलखा प्रदेशसभा २ मा एमालेका केसी निर्वाचित

51

काठमाडौँ, १९ मंसिर । दोलखाको प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९ हजार ४१४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गरेका छन् । प्रदेशसभामा निर्वाचित केसीले यसअघि भीमेश्वर नगरपालिकाका प्रमुख थिए ।

Share This:
सम्बन्धित खबर
Loading...