जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्छौँ : मन्त्री पौडेल

39

बागलुङ, २३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताएका छन् । बुधबार तमानखोला गाउँपालिका वडा नम्बर ५ र ६ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीवनस्तर बदल्ने गरी संविधान संशोधन गर्ने बताए ।

“जनताको जीवनस्तर बदल्नका लागि लेखिएको दस्तावेज संविधान हो,” उनले भने, “यो जनताको आवश्यकता अनुसार संविधान परिमार्जन गर्छौँ ।” उनले विभिन्न प्रकारका समस्या र अप्ठ्यारो आउँदा लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अघि बढेको बताए ।

लामो समयको बलिदानबाट प्राप्त उपलिब्धलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मेटाउन खोजेको बताउँदै पाँच दलीय गठबन्धन बनेको बताए । उनले सरकार बनाउनका लागि मात्रै नभई संघीय लोकतान्त्रिक गणत्रन्त्र रक्षाका लागि ५ दलीय गठबन्धन भएको दोहोर्‍याए ।

“राष्ट्रपतिलाई दुरुपयोग गरी दुई–दुई पटक संसद् विघटन गर्ने काम केपी ओलीले गर्नुभयो,” उनले भने, “न्यायलयले संविधानको व्याख्या गर्यो र संविधानले सही ट्रयाक समातेको छ ।”

जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्चाउने र अपमान गर्ने काम केपी ओलीले गरेको उनको भनाइ थियो । “जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्चाउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको छ,” उनले भने, “ यो सरकार परमादेशबाट जन्मिएको हो भनेर अदालतको निर्णयलाई अपहेलना गर्नुभयो ।”

Share This:
सम्बन्धित खबर
Loading...