माधव नेपाललाई कुन्ती पोख्रेलको प्रश्न– प्रधानमन्त्री हुँदा तीनकुने समस्या समाधान किन भएन ?

120

काठमाडौँ, २० कात्तिक । तीनकुनेमा बन्ने भनिएको पार्क र उक्त पार्कसँग जोडिएको जग्गाको मुआब्जा वितरण एवम् निर्माणाधीन पार्कलाई लिएर राप्रपा काठमाडौँ–२ की उम्मेदवार कुन्ती पोख्रेलले राजनीतिक दलका नेता तथा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बारेमा कडा शब्दमा टिप्पणी गरेकी छिन् । उनले यो क्षेत्रबाट प्रतिनिधित्व गरेका सांसदहरुले आफ्नो कार्यकालमा के हरेर बसे ? भनी उनीहरूबीचद रिलो प्रश्न तेर्स्याएकी छन् ।

कोटेश्वर महादेव मन्दिरको सन्ध्याकालीन आरतीमा सरिक हुने क्रममा पत्रकारहरुसँग कुरा गर्दै यस्तो प्रश्न गरेकी हुन् । उनले तीनकुनेको पार्क निर्माणको अन्योलता, मुआब्जा वितरणमा भएको ४८ वर्ष लामो ढिलाई तथा राज्यलाई त्यो पार्कमा हुने आकस्मिक र अर्थहीन लगानीले थोपरेको आर्थिक भारको बारेमा प्रस्न उठाएकी थिइन् ।

प्रस्न उठाउँदै उनले भनिन्, ‘सर्वसाधरणको मुआब्जा विवाद कहिले समाधान हुन्छ ?त्यहाँ कहिले पार्क बन्छ ? सर्वसाधारणको जग्गा ओगटेर राखिएको छ, किन उनीहरुको समस्या समाधान गरिँदैन ?” राजधानीको मुटुमा रहेको तीनकुनेको हरियाली आकर्षक गार्डेन हुनुपर्नेमा आज त्यो जग्गा झाडीमा परिवर्तन भएको छ ।

उनले त्यो जग्गाको कारणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै बेइज्जतीको सामना गर्नुपरेको बताउँदै विश्वका विभिन्न देशहरुबाट उच्च पदस्त व्यक्तिहरु आउँदा करोडौँ रुपैयाँ खर्च गरेर जस्तापाताले लाज छोप्ने गरिएको छ । पटक पटक लाज छोप्न जस्तापाता लगाउँदा करौडौँ रुपैयाँ खर्च हुने गरेको छ । त्यसरी लाज छोपेको बजेट धेरै पटक खेर गएर राष्ट्रलाई अतिरिक्त आर्थिक भार थप्ने गरिएको प्रति उनको आक्रोश थियो ।

पटक–पटक त्यसरी खर्च गर्ने बजेटले दीर्घकालीन समस्या समाधान गर्न नसकेकाले राज्यको आर्थिक भार अत्याधिक बढेको उल्लेख गरिन् । उनले भनिन्, ‘यस्ता अलपत्र विवादास्पद योजनाहरु देशभरि खोज्ने हो भने थुप्रै स्थानमा लापरबाही गैरजिम्वेवार र लाचारिपना देखिन्छ । यस्ता पतित भ्रष्ट जिम्वेवारीहीन नेताले देश बनाउछन् भनेर फेरि पनि सोच्नु हाम्रो मूर्खता शिवाय केही होइन ।’

उनले अगाडि भनिन्, ‘यो क्षेत्रमा चुनाव जितेका सांसदहरु कहाँगए ? यो क्षेत्रमा चुनाव लड्ने माधवकुमार नेपाल, झक्कुप्रसाद सुवेदीहरुले के गरे ? पूर्वप्रधानमन्त्रीसमेत भइसकेका माधव नेपालको कोटेश्वरमा घर छ । उनी संसद् भवन धाउँदा त्यहीँ तीनकुनेको बिजोग टुलुटुलु हेर्दै हिँडे तर रोइरहेको तीनकुनेको समस्या समाधान गर्ने विषयमा उनको हैसियत कहिल्यै पुगेन । आज माधव नेपाल बिना पैसा विदेश पठाउने फ्रि टिकट दिने लाजमर्दो भाषण गर्दै हिँडिरेहेका छन् । त्यसरी माओवादीका नेता झक्कुप्रसाद सुवेदीले यहीँ क्षेत्रबाट चुनाव जिते । यहाँ आश्वसन दिने चुनाव जित्ने आफ्ना सन्तानको पालनपोषण गर्ने देशको ढुकुटीमा ब्रम्हलुट गर्ने भन्दाबाहेक उनको पनि अर्को काम देखिएन । आज उनीहरु जहाँ जित्न सकिन्छ त्यहाँ जान्छन् । जहाँका जनता सोझासिदा छन् झुक्याउन सकिन्छ । त्यहीँ गएर भाषण दिएर सोझासाझा जनतालाई भ्रममा पारिरहेका छन् । यो लाजमर्दो, नैतिकताहीन नेताहरुले देश कंगाल बनाउनुबाहेक अरु केही काम गर्दैनन् ।’

‘माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि २०६७ सालमा तीनकुनेको विवाद मिलाउन मन्त्रीस्तरीय निर्णय गरे एउटा कार्यदल बनाए। त्यो नाटक गरेजस्तो कार्यदल बन्यो, तर त्यसले समस्या समाधान गर्न त परै जाओस् आजकाल उनले तीनकुने बिर्सिसके होलान् सायद । राज्यमा करोडौ रकम झ्वाम पारेर आफ्नो स्वार्थसिद्ध गर्नेहरुले सर्वसाधरणको मुआब्जा वितरण गर्न किन नसकेको’, भनेर प्रश्न गरेकी छन् ।

यो घोर अन्याय गरेर सर्वसाधरणको बाँकी मुआब्जा किन नदिएको ? किन त्यहाँ पार्क नबनेको भन्दै प्रश्न गरेकी छिन् ।

उनले भनिन्, ‘एउटा पार्क बनाउन सक्ने हैसियत नभएकाहरुले देश हाक्छु भन्दा हामीले किन पत्याउने ?’ उनले हैसियत भएपार्क बनाएर देखाउन पहिलेका उम्मेदवारहरुलाई चुनौतीसमेत दिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...