काठमाडौँ, १६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
ओली निवास बालकोटमा बिहीबार दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । एमाले विभाजनपछि ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन् ।
कम्युनिस्ट पार्टीबीच एकता अभियान चलाएको बताएका गौतमले ओलीलाई भेटेका हुन् । नयाँ पार्टी घोषणा भएको तेस्रो दिन बिहीबार गौतमले ओलीलाई भेटेका हुन् ।
‘वामदेव गौतमज्यूले भेट्न चाहनुभयो । सोहीअनुसार समय दिएपछि उहाँ ओलीलाई भेट्न बालकोट आउनुभएको हो,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने ।