काठमाडाैँ, १३ असार । निवर्तमान् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारको व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त बनाउन आफ्नो ८ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् ।
मन्त्री पदबाट हटेपछि आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो छोटो समयमा चालिएका कतिपय कदम उल्लेखनीय रहेको बताए ।
‘जति दिन म मन्त्रीको रुपमा रहेँ । निष्ठापूर्वक आफ्नो काममा प्रतिबद्ध र दृढ रहेँ । जनताले म प्रति देखाएको विश्वास अक्षुण्ण राख्न निरन्तर प्रयास गरिरहेँ । अब आउने नेतृत्वले मैले गरेका सुधारका प्रयासहरुलाई निरन्तरता दिने विश्वास लिएको छ,’ उनले भने,‘मन्त्रालयमा मेरो २६२ दिन उपलब्धिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ ।’
श्रम क्षेत्रमा भएका विकृतिलाई धेरै हदसम्म अन्त्य गरिएको उनको जिकिर थियो । आफूलाई मन्त्रालयका सबैले सहयोग गरेको भन्दै उनले नयाँ मन्त्रीलाई पनि सहयोग गर्न आग्रह गरे ।
आफू मन्त्रीका रुपमा आइसकेपछि श्रम कूटनीतिमार्फत् रोजगार गन्तव्य मुलुकको विस्तार गरिएको जनाउँदै निवर्तमान मन्त्री श्रेष्ठले नेपाल–बेलायत श्रम समझदारीको मस्यौदा तयार भइसकेको बताए ।
इजरायलमा दीर्घकालीन सहायता श्रमिकका लागि छनोट भएका श्रमिकलाई निजी क्षेत्र तथा बिचौलियारहित सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत् पहिलोपटक इजरायल पठाउन सुरु गरिएको उनले बताए ।
किसान श्रेष्ठ