अध्यक्ष ओलीलाई भेट्न राष्ट्रिय सभाका सांसद्हरु बालकोटमा

92

काठमाडौँ, ९ असार । नेकपा (एमाले)का तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

राष्ट्रियसभामा एमालेको भूमिका, राष्ट्रिय राजनीति, संसदीय समितिका सभापति चयनलगायतबारे छलफल गर्न सांसद्हरु बालकोट पुगेका हुन् ।

प्रमुख सचेतक देवेन्द्र दाहालका अनुसार केही समसामयिक विषयमा कुरा राख्नुपर्ने भएकाले आफूहरु बालकोट आएको बताए । आफूहरुको टिममा एमाले संसदीय दलका नेता खिमलाल भट्टराईसहित ११ जना सांसद् रहेको दाहालले जानकारी दिए । स्रोतका अनुसार अध्यक्ष ओलीले बोलाएर संसद्हरु बालकोट पुगेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...