काठमाडौँ, २ असार । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामण रहेको भन्दै आपत्ति जनाए ।
ओली सरकारको पालकमा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्रको रुपमा रहेको भन्दै उनले यसलाई पुष्टि गर्न चुनौती दिए ।
पुष्टि गर्न नसक्ने हो भने आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने पोखरेलको माग छ ।
यसअघि आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकामल दाहाल‘प्रचण्ड’ले काठमाडौँमा आयोजित एक कार्यक्रममा केपी ओलीको पालामा सन् २०१९ मा एसपीपी अगाडि बढेको बताएका थिए । सोही कुराको प्रतिक्रिया दिँदै सांसद् पोखरेलले एमाले सरकारका पालमा अगाडि बढेको प्रमाण पेस गरे जिम्मेवार लिन तयार रहेको बताए ।
संसद् पोखरेलले एसपीपी प्रस्ताव पठाउँदा सन् २०१५ मा सुशिल कोइराला र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री रहेको दाबी गरे ।
असंलग्न परराष्ट्र नीतिविपरीत हुने कार्यलाई एमालेले रोक्ने भन्दै आफू रक्षामन्त्री हुँदा नेपाल कुनै पनि सैन्य कार्यक्रममा सहभागी नहुने अमेरिकालाई बताएको पोखरेलले बताए ।