काठमाडौँ, २६ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै भरोसा गर्दा धोका भएको बताएका छन् ।
काठमाडौँमा पार्टी विद्यार्थी जिल्ला विशेषको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनलाई धेरै भरोसा गर्दा धोका भएको र आफ्नै बलमा चुनाव उठेको भए धेरै स्थान विजयी गर्ने दाबी गरे ।
उनले स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै आगामी निर्वाचनका लागि पार्टी पार्टी निर्माण कार्यलाई तीव्रता दिने धारणा पनि राखे । अध्यक्ष नेपालले गठबन्धनको भविष्य छैन भन्नेका पछाडि नलाग्न आग्रह गर्दै कमीकमजोरीको आलोचना गर्ने बताए ।
त्यस्तै, पार्टीका मन्त्रीहरु परिवर्तनमा विषयमा कोही पनि असन्तुष्ट नरहेको दाबी गरे ।