हरेक दृष्टिले साइकल उपयोगी : प्रचण्ड

223

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन् ।

प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको चर्चा गरेका हुन् ।

यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेको अध्यक्ष प्रचण्डले भने,“देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ ।” खेलकुदमन्त्रीको समेत उपस्थिति रहेको कार्यक्रमले आधिकारिकता र वैधानिकता पनि स्थापित गरेको भन्दै उनले सहभागी सबैलाई शुभकामना व्यक्त गरे ।

प्रतियोगिता संयोजक शन्तकुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताए । इलिट मेन १९ प्लस, इलिट वुमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयान्ड मास्टर मेन ५० प्लस र चितवन विशेष छन् ।

प्रथम हुने १९ वर्षमाथिका महिला तथा पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्षमाथिको विधामा रु २५ हजार, ५० वर्षमाथिको विधामा रु २० हजार र चितवन स्पेसल विधामा महिला तथा पुरुषलाई रु २०÷२० हजारका दरले पुरस्कार रहने आयोजकले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...