छोरीको तारिफ गर्दै प्रचण्डले भने– अहिले रेणुको बुबा भनेर चिनिन थाले

225

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकामा विकासको सृष्टि भएको दाबी गरेका छन् ।

महानगरकी मेयर आफ्नी छोरी रेणु दाहालको उनले खुलेर तारिफ गरे ।

भरतपुरको आँपटपरीमा भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दै प्रचण्डले आफू चितवनमा रेणुको बुबाको रुपमा चिनिन थालेको बताए ।

“युद्ध कालदेखि राजनीतिमा रेणुको आफ्नै त्याग, तपश्या थियो । तर, २०७४ सालको चुनावमा रेणु चितवन आउँदा प्रचण्डको छोरी आइन् भन्ने गर्थे । अहिले त्यो फेरिएको छ । अहिले रेणुको बुबा प्रचण्ड भनेर चिनिन थालेको छु,” छोरी रेणुको प्रशंसा गर्दै प्रचण्डले भने ।

महिलाहरुले चाहेमा धेरै गर्न सक्छन् भन्ने पुष्टि भएको प्रचण्डले उल्लेख गरे । माओवादीबाट सरकारमा रहेका महिला मन्त्रीहरुको पनि उनले प्रशंसा गरे ।

Share This:
सम्बन्धित खबर
Loading...