‘हाम्रो, राम्रो अनि उज्यालो झिम्रुक’

503

प्युठान । ऐतिहासिक, पर्यटकीय, धार्मिक, साँस्कृतिक, हाइड्रो, विभिन्न खनिज पदार्थ एवं खाद्यबालीका हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला प्युठान, त्यसैभित्रको एउटा महत्त्वपूर्ण क्षेत्र झिम्रुक गाउँपालिका–५ नम्बर वडावासी म । अध्ययन, अध्यापन, एवम् व्यवसायिक शिलशिलामा निरन्तर रुपमा त्यहा नरहेपनि विभिन्न खाले सामाजिक, शैक्षिक, राजनीतिक तथा समग्र जिल्लाभित्र हुने सिर्जनात्मक अभियानमा चासो र सरोकार राख्ने व्यक्ति हुनुको नाताले समग्र प्युठानसँगै झिम्रुक क्षत्रको गुरुयोजना निर्माणका लागि मेरा केही मतहरू तपाईंहरूसमक्ष पेस गरेको छु ।

मुलतः शिक्षा,स्वास्थ्य,प्रयटन र कृषिलाई प्राथमिकतामा राख्दै युवा, विद्यार्थी र महिलालाई स्वरोजगार बनाउने, पूर्वाधार विकास, खानेपानी, सिंचाइ, सूचना प्रविधिमा सहज र सरल पहुच निर्माण, भविष्यमा हुन सक्ने सम्भावित महामारीबाट बच्ने उपाय अबलम्बन गर्दै सो कार्यका लागि निर्माण गर्ने, विकाशका लागि योजनाको उचित पहिचान, विकास निर्माणका कार्यमा समान वितरण प्रणाली, हरेक चरणमा लाभग्राही नागरिक र समुदायको निर्णायक सहभागिता रहने खालको सहभागितामूलक विकास अनि सर्वस्वीकार्य, समपहुच र समन्यायिक तथा निर्विकल्प उपायका रुपमा चुस्त बनाउँदै अगाडि बढ्न सके समग्र झिम्रुक क्षेत्रले निकट भविष्यमै काचुली फेर्नेमा विश्वस्त छु यसका लागि नीति र नेतृत्व सबल र सक्षम हुनु पर्दछ ।

‘हाम्रो, राम्रो अनि उज्यालो झिम्रुक’
क) कृषि
१. परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्ने ।

२. निर्वाहमुखी कृषिलाई व्यावसायिक कृषिमा परिणत गर्ने ।

३. आधुनिक प्रविधिमा आधारित खेती प्रणालिको विकास गर्ने साथै माटो र हावापानी सुहाउँदो कृषिका लागि विज्ञबाट अध्ययन गरी गराइ सोहीअनुसार गर्ने ।

४. सिंचाइ, मलखाद, आधुनिक औजार, उचित बजार, कृषक तालिम, उन्नत बीउबिजन अनुदान, कृषकका लागि सहज र सरल ऋण, उचित भण्डारण, कृषि उद्यमीलाई प्रोत्साहन ।

५. तरकारी, फलफुल, दुध र मासुमा आत्मनिर्भर बनाउने अभियान सञ्चालन गर्न सकेमा पक्कै पनि गरिबी निवारणमा टेवा पुग्नेछ, खाद्य सुरक्षा, निर्यात बढ्ने आयत घट्ने, स्वस्थता निरोगिता, आत्मनिर्भरता, कृषिमा नयाँ–नयाँ अनुसन्धानको सुरुवात गर्न सके रोजगारिको अवसरमा पक्कै पनि वृद्धि हुने छ।

ख) शिक्षा
१. शिक्षा विकासको मेरुदण्ड हो । यसको विकासका निम्ति यथेष्ट बजेट विनियोजन गरी विद्यालयको भौतिक पूर्वाधार, शौचालय, स्वच्छ पिउने पानी, उपयुक्त खेल मैदान, बालमैत्री कक्षाकोठा, आधुनिक प्रयोगशाला निर्माण गर्ने ।

२. अनलाइन कक्षा व्यवस्थापन, वैज्ञानिक परीक्षा र मूल्यांकन प्रणाली, राजनीतिक प्रभावबिहीन व्यवस्थापन, खुला र निष्पक्ष विज्ञापन, अनिवार्य र निःशुल्क शिक्षाको कार्यान्वयन, प्रतिस्पर्धात्मक र व्यवहारिक शिक्षामा जोड ।

३. स्थानीय कला, संस्कृति, साहित्य, प्रकृति, हावापानी, पर्यटन, इतिहास र सम्भावनाको जानकारीका निम्ति स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन ।

४. स्थानीय क्याम्पसको शैक्षिक र व्यवस्थापकीय पक्षको गुणस्तर वृद्धि गर्दै कृषि, होटेल व्यवस्थापन, कम्प्युटर, संगीत जस्ता विषय थप गर्ने ।

५. शिक्षक र अभिभावकलाई समय सापेक्ष तालिम प्रदान गर्दै संस्कारयुक्त शिक्षामा विशेष जोड दिँदै गए पक्कै पनि शिक्षामा उच्च सफलता प्राप्त गर्न सकिन्छ भन्ने लाग्छ ।

ग) पर्यटन
१. कुनै पनि ठाउँको आर्थिक एवम् अन्य विकासका लागि पर्यटन व्यावसाय मेरुदण्ड बनेको हुन्छ, त्यसैमा हाम्रो झिम्रुक क्षेत्र आन्तरिक तथा बाह्य पर्यटका लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । हाल केही योजनाहरू अगाडि बढे पनि समग्र पर्यटन व्यावसायलाई चलायमान बनाउन उचित भौतिक पूर्वाधार निर्माण, हिल स्टेसन, रक गार्डेन, प्याराग्लाइडिङ, साइकिलिङ सेवा सुचारु गर्ने ।

२. स्थानीय मौलिक लोक संस्कृति झल्कने साँस्कृतिक प्रस्तुतिका लागि तालिम तथा सामग्रीको व्यवस्थापन ।

३. पर्यटकका लागि स्थानीय अर्गानिक खानाका परिकार तथा मौलिक पहिचान झल्कने मायाको चिनो निर्माणका लागि तालिमको व्यवस्था गर्ने । यसका लागि सरकारी, स्थानीय जनता तथा निजी क्षेत्रको सामूहिक लगानीमा यी परियोजना सञ्चालन गर्ने

घ) स्वास्थ्य
१. स्वास्थ्य नै धन हो । आम जनताको सुरक्षित जीवनका लागि सर्वसुलभ, गुणस्तरीय एवं सहज स्वास्थ्य सेवा प्रदान गर्ने त्यसको लागि भौतिक पूर्वाधार, दक्ष जनशक्ति एवं अत्याधुनिक उपकरणको व्यवस्थापन गर्ने ।

२. बयोवृद्ध, अशक्त तथा सुत्केरीलाई घर–घरमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने

(लेखक प्रदीप जिसी सफल युवा व्यावसायी हुन्)

Share This:
सम्बन्धित खबर
Loading...