लेटाङमा प्रहरी मृत्यु प्रकरण : ६ जना पक्राउ

260

विराटनगर । मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

आइतबार स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । स्थिति तनावपूर्ण बनेकाले लेटाङमा आज बिहानैदेखि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा लेटाङबाट ६ जना पक्राउ परेका छन् । तर, उनीहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।

शिक्षकले १२ वर्षीया विद्यार्थीमाथि जबरजस्ती प्रयास गरेको आरोपपछि लेटाङमा आइतबार तनाव भएको थियो ।

लेटाङका वडा नम्बर ३ र ४ को पश्चिम क्षेत्र गंगेचोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाका सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिस्यान खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...