काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।
बिहीबार सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबारमा दुई जनाबीच भेटवार्ता भएको हो ।
भेटमा संसद््को गतिरोध हटाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई अनुमोदनका लागि कसरी प्रक्रियामा लैजाने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
कार्यव्यवस्था परामर्श समिति बैठकमा एमसीसीमा छलफलमा लैजानेबारे सहमति नभएपछि सरकारको आग्रहमा सभामुख सापकोटाले आजको प्रतिनिधिसभा बैठकलाई भोलि १ बजेसम्मका लागि सारेका छन् ।