जेब्रा झोलामा भेटिएको शवको पहिचान, २ जना आरोपी पक्राउ

293

काठमाडौँ । गत बुधबार सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा जेब्रा झोलामा फेला परेको शवको सनाखत भएको छ ।

टुक्रा–टुक्रा र अलग–अलग जेब्रा झोलामा भेटिएको शव लामो समय बित्दासमेत मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले मृतकको स्केच र हुलिया सार्वजनिक गरेको थियो ।

स्केच बनेपछि फेला परेको शवको सनाखत भएको हो । सनाखत मात्रै हैन प्रहरीले हत्यामा संलग्न २ जनालाई पक्राउसमेत गरिसकेको छ । घटनामा संलग्न दुई जनालाई पक्राउ गरेपनि प्रहरीले सार्वजनिक भने गरेको छैन ।

घटनाबारे विस्तृत जानकारी दिन इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

गएको बुधबार र बिहीबार धरान–भेडेटार सडक खण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो ।

त्यस झोलामा प्याक गरिएको अवस्थामा एक पुरुषको टाउको र दाहिने खुट्ट फेला परेको थियो । जंगलमा घास काट्ना गएका गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त घटनामा संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुस्

धरान नजिकैको जंगलमा विभत्स अवस्थामा फेला परेको शवको अझै खुलेन पहिचान

धरान–भेडेटारबीचको जंगलमा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

Share This:
सम्बन्धित खबर
Loading...