धरान–भेडेटारबीचको जंगलमा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटियो

260

धरान । धरान उपमहानरपालिका–४ भेडेटार जाने सडक खण्डको जंगलमा जेब्रा झोलाभित्र एक पुरुषको टाउको र खुट्टा फेला परेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबार साँझ जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको हो ।

जंगलमा दाउरा खोज्न गएका सथानीयले दुर्गन्ध आएको र जेब्रा झोलामा मानिसको खुट्टा बाहिर देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर हेर्दा जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला पारेको संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए ।

टाउको पुरुषको भए पनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । टाउको र खुट्टा झोलामा भेटिएको भए पनि शवको जिउ भने भेटिएको छैन ।

हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...