काठमाडौँ । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक इसेवाले पुनः रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ । इसेवाले यसअघि पनि रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको थियो ।
यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । सो अफर अन्तर्गत रिफर गरेका व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा रु २० आम्दानी गर्न सक्नेछन् ।
यस्तै, इसेवामा न्यूनतम रु सय रकम लोड गर्दा रु ५ र कारोबार गर्दा रु १० सहित रु ३५ आम्दानीगर्न सकिन्छ । रिवार्ड प्राप्त गर्नका लागि रिफर लिंक आएको ७ दिनभित्र सोही लिंक क्लिक गरी आग्रह–रिफर स्वीकार गर्नुपर्ने छ ।
इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत् धेरै सहजता ल्याएको छ ।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल÷कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामाहाल ५१ वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।