दानाबारी फुटबल क्लबलाई पाँचौँ पांमा कपको उपाधि

542

खाँदबारी । लोहोरुङ क्लबको आयोजनामा भएको पाँचौँ पांमा कप फुटलबल प्रतियोगिताको उपाधि दानाबारी फुटबल क्लबले जितेको छ ।

सोमबार खाँदबारी नगरपालिका–४ पांमास्थित भगिवन्त रंगशालामा भएको फाइनल खेलमा पांमा सामुदायिक क्लब खाँदबारीलाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बारीबरी खेलेपछि निर्णय सडनडेथबाट लिएको हो । ट्राइब्रेकरमा दानाबारीका गोलरक्षक विशाल घतानी नायक बनेपछि पांमाले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

गोलकिपर घतानीले पांमाका तीन खेलाडीको प्रहारलाई विफल बनाइदिएका थिए ।

सुरुवाती अग्रतालाई जोगाउन नसक्दा पांमा पराजित हुन पुग्यो । खेलको तेस्रो मिनेटमा पांमाका सुरेन खवासले फ्रि किकबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा दानाबारीले गोल गर्दै खेलमा फर्कियो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि निर्णय ट्राइब्रेकरबाट लिइएको हो ।

विजेता दानाबारी फुटबल क्लबले नगद १ लाख १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारे । यस्तै, उपविजेता पांमाले ५० हजार पुरस्कार प्राप्त गरे । यस्तै, सेमिफाइनल पुगेका लोहोरुङ फुटबल क्लब र तल्लो पांमा फुटबल क्लबले समान १५–१५ हजार पाए ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी दानाबारीका हेमन लिम्बू घोषित भएका छन् भने लोहोरुङ क्लबका मन्दीप राई सर्वाधिक गोलकर्ता बनेका छन् । उनीहरुले क्रमशः ५ हजार र ३ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै उत्कृष्ट डिफेन्डर सुरेन खवासले नगद ७ हजार प्राप्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...