‘नचिनेको मान्छे’को म्युजिक भिडियो सार्वजनिक [भिडियो]

533

काठमाडौँ । दुखाइ, भोगाइ सहरले दिएको उपहार मात्र हैन जीवन बुझाई सँगै जिउने कला र शक्ति एक निर्माण र संघर्षको मैदान हो । यही मैदानभित्रको एक युवा खेलाडी र आमाको कथा ‘नचिनेको मान्छे’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सरिता गिरी र नारायण नेपाली अभिनित भिडियो शनिबार नारायण नेपाली युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।
गायक नारायण नेपालीको आवाज रहेको गीतमा पुरुस्वत्तम ढुङ्गेलको रचना तथा राजनराज सिवाकोटीको सङ्गीत संयोजन रहेको छ ।

सार्वजनिक उक्त भिडियोमा थिएटर क्वुइन सरिता गिरीको दमदार अभिनय देख्न सकिन्छ । साथै उनलाई अभिनयमा गायक नेपालीले साथ दिएका छन, गायक नेपालीको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै नेपालीको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक असिम खनाल बताउँछन् ।

पवन सुस्लिङको छायाङ्कन रहेको भिडियोको निर्देशन असिम खनालले गरेका हुन् । यस भिडियोको सम्पादन भने सिद्धान्त मगरको रहेको छ ।

यस भिडियोमा आमा छोराको माया सदभाब दर्साइएको छ जुन बसको सिटमुनी चप्पल लगाएको एक जोर आमाको खुट्टा र जुत्ता लगाएको छोराको खुट्टा देखिन्छ ।

यस्तै आमा भर्याङमा बसेकी छन । छोराले आमाका लागि नयाँ चप्पल किनेर ल्याइदिएको हुन्छ । आमालाई नयाँ चप्पल देखाउँछ र साइज नाप्छ , लगाउन भन्छ तर आमाले हिल भएका कारण चप्पल नलगाउने भन्छिन् ।

बसको सिटमुनी चप्पल लगाएको एक जोर छोराले आमाको खुट्टा र छोराको खुट्टा देखिन्छ । आमा निन्याउरी भएकी छन् । विबिस्तारै छोराको कुममा ढल्छिन् । हात छोराको काखमा झर्छ र छोरा ब्युझिन्छ । आमालाई हेर्छ, उठाउन खोज्दा आमा चिसो भएको चाल पाउँछ । छोराले आफ्नो जुत्ता खोल्छ, आमाको चप्पल निकालेर आफूले लगाएको भिडियोमा देख्न सकिन्छ ।

यस भिडियोको निर्माता शिव बहादुर नेपाली हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...