प्रधानन्यायाधीश जबरालाई एक दिन पनि पदमा बस्ने अधिकार छैन : मोहना अन्सारी

154

काठमाडौँ । अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई एक दिन पनि पदमा बस्ने कुनै अधिकार नभएको बताइन् । प्रधानन्यायधिशलाई भ्रष्टाचारको आरोप लाग्दा पनि सांसदहरु चूप लागेर बस्नु बिडम्वना भएको उनले बताइन् ।

मंगलबार प्रधानन्यायाधीश जबराविरुद्ध विरोध प्रदर्शन गरिरहेका नेपाल बार एसोसिएसनको सर्वोच्च अदालतमा आयोजित कोण सभालाई सम्बोधन गर्दै अन्सारीले भनिन्,“प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कान खोलेर यो सुन्नुस् तपाईंकोमा अहिले कोही पनि न्याय माग्न आउनेवाला छैन ।”

त्यस्तै, भ्रष्टाचारको आरोप लागेका प्रधानन्यायाधीश जबराबारे विधायिका चुप लागेर बसेको पनि उनको आरोप छ । प्रधानन्यायाधीशले अहिले आफूलाई अपमानित गर्न खोजेको पनि अन्सारीको आरोप छ ।

Share This:
सम्बन्धित खबर
Loading...