हतियारसहितको प्रहरी देखेपछि वकिलहरुले भने– ‘हामी गोली खान तयार छौँ, आन्दोलन रोकिँदैन’

78

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनमा दंगा प्रहरी हटाउन कानुन व्यवसायीहरुले माग गरेका छन् ।

बिहीबारको आन्दोलनमा ठुला–ठुला हतियार बोकेको दांगा प्रहरी परिचालन गरिएको भन्दै कानुन व्यवसायस्हरुले भोलिदेखि यस्तो नगर्न खबरदारी गरेका हुन् ।

आजको आन्दोलनको कार्यक्रमलाई सम्बोधन गर्ने गर्दै बार एसोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले हतियारसहितको प्रहरी हटाउन उनले माग गरे । यदि नहटाएको अवस्थामा प्रहरीको गोली खानसमेत तयार रहेको तर आन्दोलनबाट पछि नहट्ने बताए ।

“दंगा प्रहरी यहाँबाट हटाइयोस् । नहटाए गोली खान तयार छौँ । तर, आन्दोलन रोकिँदैन,” उनले भने ।

आफूहरुको शान्तिपूर्ण आन्दोलनमा एसएलआर हतियारसहितको प्रहरी खटाइएको भन्दै कानुन व्यवसायीहरुले विरोध जनाएका छन् ।

आन्दोलनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...