बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

106

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा सोमबार भएको मतदानमार्फत उनले आफ्नो पक्षमा बहुमत सिद्ध गरेका हुन् ।

पाण्डेले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा ५९ मत परेको थियो । त्यस्तै, प्रस्तावको विपक्षमा ४३ र तटस्थ २ मत परेको थियो । मतदानमा १०४ जना सांसद् उपस्थित भएका थिए ।

पाण्डेलाई नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, जनता समाजवादी पार्टी (जसपा)का १ जना सांसद्ले विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री पाण्डेको विपक्षमा नेकपा (एमाले)का ४० र विवेकशील साझा पार्टीका ३ सांसद्ले विपक्षमा मत दिएका छन् । एमालेका ३ सांसद् मतदानमा अनुपस्थित रहे ।

मत विभाजन प्रक्रियामा दुई सांसद् रहेको राप्रपा उपस्थित भएन भने नेमकिपाका २ जना सांसद् तटस्थ बसेको थियो ।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ मा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मल प्राप्त गर्नुपर्ने प्रावधान छ । सोही अनुसार पाण्डेले विश्वासको मत लिएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...