बागमती प्रदेश : प्रदेश प्रमुखद्वारा भोलि दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आह्वान

298

काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार गठन आह्वान भएको छ । प्रदेश प्रमुख यावदचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनअघि नै मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिएकी थिइन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...