काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।
गृह मन्त्रालयका आइतबार भएको भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँमा चीनको ठूलो साथ र सहयोग रहेको बताउँदै खोप उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई विशेष धन्यावाद दिए । गृहमन्त्री खाँणले चिनियाँ सरकारले नेपाललाई गर्दै आएको मानवीय सहयोगको उच्च प्रशंसा गरे ।
भेटमा चिनियाँ राजदूत यान्छीले नयाँ सरकारको सफलताको कामना गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल–चीनबीचको सम्बन्ध धेरै पुरानो भएको भन्दै उक्त सम्बन्धलाई चीत निरन्तरता दिन चाहेको बताइन् । नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकरात्मक रहेको पनि उनले बताइन् ।