ब्राउन सुगरसहित २ जना पक्राउ

397

झापा । झापा अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पुबाट लागुऔषध ब्राउन सुगरसहित २ जनलाई पक्राउ गरिएको छ ।

शनिबार दिउँसो साढे ११ बजे अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड ४ बस्ने २१ वर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी ३ का २१ वर्षीय विबेक बानियाँको साथबाट लागुऔषध ब्राउन सुगर २ ग्राम ९० मिलि ग्राम र नगद रु २० हजार बरामद गरेको हो ।

प्रहरीले उनीहरुलाई अटोसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...