देउवाद्वारा ‘अपुरो’ प्रतिवेदन समितिलाई नै फिर्ता, २४ घन्टाभित्र परिस्कृत बनाउन निर्देशन

148

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसमा सभापति शेर बहादुर देउवाले केन्द्रीय क्रियाशील छानबिन समितिलाई नै क्रियाशील प्रतिवेदन फिर्ता गरेका छन् ।

बुधबार बुढानिलकण्ठमास्थित निवासमा पदाधिकारी बैठक राखेर देउवाले २४ घन्टाभित्र प्रतिवेदनलाई अझै परिस्कृत बनाउन निर्देशन दिँदै रमेश लेखक नेतृत्वको समितिमा उक्त प्रतिवेदन गरेका हुन् ।

केन्द्रीय सदस्यसमेत रहेका लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले सभापति देउवालाई मंगलबार क्रियाशीलको प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदन अपुरो रहेको भन्दै आलोचना भइरहेको थियो । थप अध्ययन गरी विवादित क्षेत्र टुंग्याउन देउवाले छानबिन समितिलाई नै २४ घन्टाको समय दिएका छन् ।

“क्रियाशीलबारेको प्रतिवेदनमाथि आज पदाधिकारी बैठकमा छलफल भयो,” चार घन्टासम्म चलेको पदाधिकारी बैठकपछि प्रवक्ता शर्माले भने,“क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदनमा जे अधुरो विषय छन् त्यो उहाँहरुले नै फेरि भोलिसम्म अध्ययन गर्नुहुन्छ ।”

गत फागुनमा क्रियाशील सदस्यता छानबिन गर्न केन्द्रीय कार्यसमितिले लेखको नेतृत्वमा समिति गठन गरेको थियो ।

कांग्रेस पदाधिकारी बैठक बिहीबार दिउँसो २ बजे बुढानिलकण्ठमै बस्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...