तीन प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय

383

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्बर २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

हाल प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता कुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादव प्रदेश प्रमुख छन् ।

Share This:
सम्बन्धित खबर
Loading...