१३ वर्षीया निशिया मोमिजीले जितिन् स्वर्ण

435

काठमाडौं । जापानमा जारी ओलम्पिकमा १३ वर्षीया एक खेलाडीले नयाँ इतिहास बनाएकी छन् ।

१३ वर्षीया निशिया मोमिजीले स्ट्रिट स्केटकोर्डिङमा स्वर्ण पदक जित्दै ओलम्पिक इतिहासमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने खेलाडीहरुको सूचीमा सामेल भएकी छन् । निशिया मोमिजीको उमेर पदक जितेको दिन सोमबार १३ वर्ष ३३० दिन थियो ।

ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने विश्व रेकर्ड बनाउनबाट भने उनी चुकिन् । ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने खेलाडीको रेकर्ड अमेरिकाकी मार्जोरी गेस्ट्रिङको नाममा छ । उनले सन् १९३६ मा भएको बर्लिन ओलम्पिकमा ३ मिटर स्प्रिङबोर्डमा स्वर्ण पदक जितेकी थिइन् । त्यतिबेला उनको उमेर १३ वर्ष २६८ दिन थियो ।

द जापान टाइम्सका अनुसार निशिया मोमिजी ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने जापानी खेलाडी बनेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...