२४ घन्टामा थपिए ३१०८ संक्रमित, २५ जनाकाे मृत्यु

काेराेना अपडेट

302

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार १ सय ८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ८ सय ३६ आरटी पिसिआर र ४ हजार २ सय ९९ एन्टिजेन गरी कुल १३ हजार १ सय ३५ जनामा परीक्षण गरिएकोमा ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ९२ जना र भेन्टिलेटरमा १ सय ७२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शनिबार देशभरबाट १ हजार ५ सय ९६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ३४ हजार ९ सय २७ पुगेको छ । निको हुने दर ९४.६ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...