जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा चारजना पक्राउ

364

काठमाडौं । जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी घर भई काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलाम सूर्योदय नगरपालिका–४ श्रीअन्तु घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ३३ वर्षीया पूजा राई, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे घर भई काठमाडौंको कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका–७ खरिपाटी बाँसबारीकी २१ वर्षीया दीपिका केसी रहेका छन् । उनीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’को नामबाट आइडी खोली जापानको ‘इमिग्रेसन’मा काम गर्ने जापानी नागरिक भएको भन्दै पीडितहरुलाई रकम पठाउन लगाएको प्रहरीको भनाइ छ ।

यसरी उनीहरूले विभिन्न व्यक्तिहरूसँगबाट ३९ लाख ६८ हजार रुपैयाँ ठगेका थिए । पक्राउ परेका ४ जनालाई आवश्यक कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

जापान जान वर्किङ भिसा प्रक्रियाका लागि रकम पठाउनुपर्ने भन्दै विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...