काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा पुनः स्थापना फैसलाबाट विधिको शासनको जित भएको बताएका छन् ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । यसैमा प्रतिक्रिया दिँदै सिंहले अधिनायकवादविरुद्ध नेपाली जनताको जित भएको समेत बताए ।
“आज फेरि विधिको शासनको जित भएको छ । अधिनायकवादविरुद्ध नेपाली जनताको जित भएको छ । सर्वसत्तावाद पराजित भएको छ । जय नेपाल” सिंहले भने ।