ज्वालाको जन्मदर्ता र हिमालको नाता प्रमाणितको प्रमाणपत्र ‘नक्कली’

586

काठमाडौं । प्रहरी हिरासतमा रहेकी ज्वाला संग्रौला दम्पतिले सरकारी कागजात कीर्ते गरेको पाइएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले सरकारी प्रमाणपत्र कीर्ते गरेको भेटिएको हो ।

परिसरका प्रमुख अशोक सिंहका अनुसार अनुसन्धानका क्रममा जन्मदर्ता तथा नाता प्रमाणित र सम्बन्ध विच्छेदको प्रमाणपत्रमा कीर्ते गरिएको अनुसन्धानबाट खुलेको छ ।

ज्वालाको पाँचथरको शैलुङ गाउँपालिकाबाट जारी भएको प्रमाणपत्र कीर्ते भेटिएको छ । त्यस्तै, उनका पति हिमाल उपाध्यायसँग गरिएको नाता प्रमाणित पनि कीर्ते पाइएको परिसरको अनुसन्धानबाट खुलेको हो ।

अछामको मंगलसेन नगरपालिकाबाट यी दुईबीच नाता प्रमाणीकरणको कुनै पत्र जारी नभएको पाइएको थियो ।

कुटपिट र अभद्र व्यवहार गरेको भन्दै ज्वालासहित ३ जनालाई गत असार ६ गते प्रहरीले पक्राउ गरेको थियो । अहिले उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...