‘राजाको कदमलाई ‘कू’ भन्न नसक्ने देउवाले जनतामा जाने प्रस्तावलाई प्रतिगमन भन्न मिल्छ ?’

216

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको कमदलाई ‘कू’भन्न नसक्ने नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनतामा जाने प्रस्तावलाई ‘कू’ र ‘प्रतिगमन’ भन्न नमिल्ने बताएका छन् ।

सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतामा जाने प्रस्तावलाई नेपाली कांग्रेसले ‘कू’ भनेको हो भने कांग्रेसले ‘कू’ भनेको विर्सिएको टिप्पणी गरेका छन् ।

“जनतामा जाने प्रस्ताव कू हो भने २०१७ सालको लोकतान्त्रिक अभ्यास थियो, नेपाली कांग्रेसले कू भनेको विर्सिसकेछ,” उनले शेर बहादुर देउवालाई प्रश्न गर्दै भने,“उहाँलाई अक्षम भन्दै सत्ताबाट निकालिदिएको दिन माघ १९ चाहिँ के थियो ?”

“निर्वाचित प्रधानमन्त्रीलाई अक्षम भन्दै अपदस्त गर्ने माघ १९ को घटना चाहिँ के थियो, कू थियो कि थिएन ?” ओलीले थपे,“त्यतिबेला त कू भन्ने शब्द उहाँको मुखबाट आउने हिम्मत भएन ।”

Share This:
सम्बन्धित खबर
Loading...