सशस्त्रका एआइजीको सरुवा : कार्यमा पुष्पराम केसी, प्रशासनमा रामशरण पौडेल

553

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा कार्यरत दुई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन तथा मानवस्रोत विभागमा रहेका एआइजी पुष्पराम केसीको कार्य तथा सीमा सुरक्षा विभागमा र कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत एआइजी रामशरण पौडेलको प्रशासन तथा मानवस्रोत विभागमा सरुवा गरेको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णयको जानकारी सशस्त्र प्रहरी बल मुख्यालयमा शुक्रबार पुगिसकेको छ ।

निर्धारित एक वर्षे कार्यकाल पूरा भएकाले नियमित प्रक्रिया अन्तर्गत सरकारले एआइजीद्वय केसी र पौडेलको परस्पर सरुवा गरेको हो ।

गतवर्ष एकेडेमीमा रहेका एआइजी केसीको प्रशासन तथा मानवस्रोत विभागमा र प्रशासन तथा मानवस्रोत विभागमा रहेका पौडेलको कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...