माओवादी त्यागेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद गयो

401

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट नेकपा (एमाले) प्रवेश गरेका १४ जना जनप्रतिनिधि पदमुक्त भएका छन् ।

माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित २ प्रमुख, ५ उपप्रमुख, एक अध्यक्ष, एक उपाध्यक्ष, १ १ नगरपालिका सदस्य, ४ जना वडाध्यक्ष एमाले प्रवेश गरेकाले पदमुक्त भएका हुन् ।

निर्वाचन आयोगले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जना निर्वाचित जनप्रतिनिधिहरुको पद रिक्त भएको जानकारी दिएको छ ।

माओवादी केन्द्रले दल परित्याग गरेर एमाले प्रवेश गरेका आफ्ना जनप्रतिनिधिको पद स्वतः रिक्त हुने भनी निर्वाचन आयोगलाई पत्र लेखेकाले सोही बमोजिम पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको असार ९ गतेको निर्णय अनुसार राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२(२) र (३) बमोजिम माओवादी केन्द्रले १४ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको जनाएको छ ।

माओवादी छाडेर एमाले प्रवेश गरेका २ मेयरसहित १४ जनप्रतिनिधिको पद गयो

Share This:
सम्बन्धित खबर
Loading...