काठमाडौं । काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार राजधानीको बौद्ध क्षेत्रबाट एक जनालाई पक्राउ गरिएको हो ।
हत्या अभियोगमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका सुरेश तिमल्सिनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनी दक्षिणकालीस्थित वर्कसपमा कार्यरत रहेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।
पशुपन्छीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सुब्बाको रहेको बुधबार प्रहरीले पुष्टि गरेको थियो ।
प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयमा महिलाको शव बराबद गरेको थियो । प्रहरीका अनुसार टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अवस्थामा शव फेला परेको थियो ।