फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो हेर्नुस्

883

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ । निगमले पछिल्लो पटक जेठ २२ गते पेट्रोल र डिजेलको मूल्य बढाएको थियो । निगमले बुधबार रातिदेखि लागु हुने गरी मूल्य समायोजन गरेको हो ।

आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटरमा २ रुपैयाँ मूल्य बढाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा पनि निगमले २ रुपैयाँ वृद्धि गरेको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय २७, डिजेल १ सय १० र हवाई इन्धनको मूल्य ८२ रुपैयाँ पुगेको छ । यस्तै, निगमले अन्तर्राष्ट्रिय उडान तर्फको इन्धनमा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार अब ७ सय ३५ प्रति किलोलिटर कायम भएको छ ।

मूल्य समायोजन पछि पनि पेट्रोलमा ५ रुपैयाँ ७५ पैसा, डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको निगमले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...