इंग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम १६ मा

414

काठमाडौं । १६औँ संस्करणको युरोकप अन्तर्गत समूह‘डी’को अन्तिम खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई पराजित गर्दै समूह विजेता बनेको छ । इंग्ल्यान्डको जितमा रहिम स्टर्लिङले निर्णायक गोल गरे ।

मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गरेको हो । समूह चरणको अन्मि खेलमा जित निकाल्दै इंग्ल्यान्ड समूह बिजेता बन्यो ।

वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्टर्लिङले गोल गरे । खेलको १२औँ मिनेटमा उनले गोल गरेका हुन् । पहिलो पटक सुरुवाती रोजाइमा परेका ज्याक ग्रिलिसको क्रसमा स्टर्लिङले हेडरमार्फत गोल गरेका थिए ।

समूह‘डी’को इंग्ल्यान्डले अपराजित रहँदै अन्तिम १६ मा स्थान बनाएको छ । शीर्ष स्थानमा रहेको इंग्ल्यान्डको ३ खेलबाट ७ अंक रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...