‘क्लब हाउस’मा प्रहरीको फेक आइडी बनाएर बहस गर्ने भक्तपुरका युवा पक्राउ

364

काठमाडौं । पछिल्लो समय निकै चर्चा कमाएको सामाजिक सञ्जाल एप‘क्लब हाउस’मा नेपाल प्रहरीको फेक आइडी बनाउने एक युवा पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्युरोले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २० वर्षीय ईशान लामिछानेलाई पक्राउ गरेको हो ।

क्लब हाउसमा प्रहरीको लोगो, पोसाक र नाम प्रयोग गरेर नेपाल पुलिस नामको सोसल रुम बनाएर प्रहरीको छबी धुमिल्याएको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ ।

अदालतबाट ६ दिन थुनामा राख्ने अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...